vada
News

फुटबल टिमकी कप्तान रेनुका विवाह बन्धनमा

१६ मंसिर, काठमाडौं ।राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी विवाह बन्धनमा बाधिएकी छन् ।रौतहट चन्द्रनिगापुरकी रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको छ ।

राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी रेनुका मिडफिल्डर हुन् । गत वर्ष मंसिरमा पोखरामा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन् ।

रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफच्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् । यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन् । रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन् ।

रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरीलगायतका खेलाडी रौतहत पुगेका छन् ।

Related Articles

Back to top button
Close