मैले पारसलाई विवाहको प्रस्ताव गर्नु नै मेरो पाप मनसाय हो
विवादास्पद छविका पुर्व युवराज पारस शाह र उस्तै विवादास्पद छवी भएकी यूट्यूबर तथा मोडल सोनीका रोकायाको नाम जोडिएर सामाजिक संजालमा थुप्रै समाचार बने ।
कोरोना महामारी आउन अगाडी दरवारमार्गस्थित सोनिकाको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुइकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरु बिचको निकटताले झन चर्चा कमाएको हो । त्यति मात्र हैन उनीहरु पोखरा घुम्न देखि हेलिकप्टर मार्फत अन्नपूर्ण बेस क्याम्प सम्म पुगे ।
पूर्व युवराज पारससँग नाम जोडिए सोनीका रोकाया यतिबेला आफ्नो गृह जिल्ला बझाङमा छिन । उनले आफ्नो युट्युब प्रोफेसन त्यहिबाट निरन्तरता दिइरहेकी छन । सोहि युट्युब मार्फत बेला बेला पारससंगको आफ्नो सम्बन्ध र राजा बारेको आफ्नो भनाई राख्दै आएकी छन । निक्कै उत्श्रीन्खल जीवन बिताई रहेकी सोनीकाको जीवनलाई बदल्ने श्रय उनले पारसलाई नै दिने गर्दछिन । उनले आफु र पारसको सम्बन्ध रहेको पनि स्वीकारेकी छन । तर विवाहको प्रास्ताव राख्दा पारसले नमाने पछी उनीहरुको सम्बन्ध सकिएको समेत दावी गरेकी छन ।
पुर्व युवराज जसको आफ्नै श्रीमती र परिवार छ उनलाई विवाहको प्रस्ताव गर्नु नै मेरो पाप मनसाय हो भन्दै अहिले सोनीकाले प्रायश्चित गर्छन । मैले पारसलाई गुरु मान्नु पर्ने तर मेरो स्वार्थले उनलाई प्रेमी सम्झीए भन्दै उनि भक्कानिदै आफ्नो गल्तिको प्रायश्चित गरेकी छन ।