vada
Intresting

हस्तरेखा हेरेर थाहा पाउनुहोस् व्यक्तिको विवाह र प्रेमका गोप्य रहस्य

काठमाडौँ । हस्तरेखा ज्योतिषका अनुसार विवाह रेखाले कुनै व्यक्तिको विवाह र प्रेम सम्बन्धका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। विवाह रेखा सबै भन्दा छोटो अर्थात कान्छि औलाको तल हुने गर्दछ।

छोटो औँलाको तलको भागलाई बुध पर्वत भन्ने गरिन्छ। विवाह रेखा एक वा एक भन्दा बढी पनि हुने गर्दछन्। पुरुषको दायाँ हातको र महिलाको बायाँ हातको रेखा हेर्नु गर्दछ। आज हामी तपाईलाई विवाह रेखासँग जोडिएका केही कुराका बारेमा जानकारी दिदैछौँ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१) हत्केलामा एक भन्दा बढी विवाह रेखा छन् भने त्यसले प्रेम प्रसंगको संख्यालाई बढाउने गर्दछ। साथै यो रेखाले तपाईको वैवाहिक जीवन कस्तो रहन्छ भन्ने बारे पनि बताउने गर्दछ। यदी विवाह रेखा तल तिर धेरै झुकेको छ भने तपाईको वैवाहिक जीवनमा समस्याको समना गर्नु पर्दछ।

२) यदी कुनै व्यक्तिको दुबै हातमा विवाह रेखाको आरम्भमा दुई शाखा छन् भने त्यस्तो व्यक्तिको विवाह सम्बन्ध टुट्ने सम्भावना रहन्छ।

३) यदी कुनै स्त्रीको हातमा विवाह रेखाको आरम्भमा द्वीप चिन्ह छ भने यसको विवाह कुनै धोकाले हुने सम्भावना रहन्छ। साथै यो रेखाले जीवन साथीको खराब स्वास्थ्यको पनि संकेत गर्दछ।

४) यदी कुनै व्यक्तिको हत्केलामा विवाह रेखा अधिक तल झुकेको छ या त्यो रेखाले हृदय रेखालाई काटेर तल झरेको छ भने त्यो शुभ लक्षण मानिदैन्। यस्ता रेखा हुने व्यक्तिको जीवन साथी उसको अधिनमा बाच्नु पर्ने हुन्छ।

५) यदी कुनै व्यक्तिको हत्केलामा विवाह रेखा लामो र सूर्य पर्वत तर्फ गएको छ भने यस्ता व्यक्तिको जीवन साथी समृद्ध र सम्पन्न जीवन साथी प्राप्त गर्ने संकेत हो।

Related Articles

Back to top button