vada
News

७ वर्षको प्रेम पछि विवाह गर्दै राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका, यि हुन् रेनुका बेहुला

काठमाडौ – राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनी ७ वर्ष देखि प्रेममा थिइन् । उनीहरुको प्रेमका बारेमा पनि सबै जानकार थिए । रेणुले प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएकी छन्।

लामो समयदेखि प्रेममा रहेकी रौतहट चपुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले विवाह गर्न लागेका हुन् । उनीहरुको प्रेम र विवाहमा पारिवारिक स्वीकृति भएपछि निर्णय गरेको बताएका छन् । ७ वर्षदेखि प्रेममा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेको जनाएका हुन्।

रेनुकाले ब्यवसायी रहेका लामासंग विवाह गर्न लागेको बताएकी हुन् । लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन् । उनीहरुको विवाह हिन्दु परम्परा अनुसार हुने बताइएको छ । करिब ८ वर्षदेखि राष्ट्रिय टोलीमा रहेकी रेनुका एपीएफकी समेत सदस्य हुन्।

जर्सी नम्बर ७ मा मैदानमा देखिने रेनुका १३ औं दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पियनसिप र टोकियो ओलम्पिकको दोस्रो चरणसम्म पुग्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

Related Articles

Back to top button
Close