vada
News

लोकप्रिय गायक उदितनारायण झाको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौँ । लोकप्रिय गायक उदितनारायण झाको आज जन्मदिन परेको छ । सन् १९५५ मा आजकै दिन सप्तरीको बरादहमा जन्मेका गायक उदितनारायाणलाई जन्मदिनको अवसरमा बिहानैदेखि उनका शुभचिन्तक, आफन्त र सामाजिक संजालका प्रयोगकर्ता शुभकामना दिइरहेका छन् ।

उदितले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु , मलयालम , कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्। उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन् । जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन्।

उनले पद्म श्री पुरस्कार पनि जितेका छन्। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

नेपाली विकिपिडाबाट उदितको बारेमा थप जानकारी यस्तो छ
जन्म
१ डिसेम्बर १९५५ (उमेर ६४)
बैसी, सुपौल जिल्ला, बिहार, भारत
पेशा : पार्श्वगायक
कार्यकाल १९७० दशक-वर्तमान
जीवनसाथी : रञ्जना नारायण झा (वि १९८४)
दीपा नारायण झा (वि १९८५)
सन्तान : आदित्य नारायण (छोरा)
पुरस्कार
सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि फिल्मफेयर पुरस्कार
सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि आइफा पुरस्कार
लता मंगेशकर पुरस्कार
सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि राष्ट्रिय चलचित्र पुरस्कार[४]
साङ्गीतिक जीवन
किसिम
फिल्मीपपशास्त्रीयअर्ध-शास्त्रीयभजनलोक
वाद्ययन्त्र
लेबल
यश राज फिल्म्सटी-सीरीजसोनी म्युजिकHMV रेकर्ड्सटिप्ससारेगामावीनस रेकर्ड्स & टेपस्लोभ

Related Articles

Back to top button