vada
News

आज प्रेमिका श्वेतासंग विवाह गर्दै आदित्य नारायण झा, भयो बिवाहको पुरा तयारी

काठमाडौं – गायक तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायण झाले १ डिसेम्बर अर्थात आज विवाह गर्दैछन् । बलिउडका चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले आँफैले रोजेकी केटीसँग बाबु आमाले मञ्जुरी दिएसँगै आज विबाह गर्न लागेका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खबरका अनुसार आदित्यले आफ्नो विबाहको फंक्शन एकदमै साधारण हुने बताएका छन् । कोरोनाको कारणले गर्दा डिसेम्बर १ मा आफुहरुले मन्दिरमा विबाह गर्ने उनले बताएका छन् । उनले आफ्नो विबाहमा निकै नै नजिकका आफन्तहरु गरी जम्मा ५० जना मात्रै रहने पनि जानकारी दिएका छन् ।

समाचारमा जनाइए अनुसार विबाहमा कम मानिसहरु सहभागी हुने भएता पनि विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ । आदित्यको २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ ।

आदित्यले यसै वर्ष गर्लफ्रेण्ड श्वेतासंग आफ्नो रिलेशनसीपको कुरालाई सार्वजनिक गरेका थिए । त्यसपछि दुवैले नै विबाहको बारेमा सबैलाई आफ्नो निर्णय सुनाएका थिए । दुवैको पहिलो भेट उनीहरुको पहिलो फिल्म शापितको समयमा २०१० मा भएको थियो ।

जुन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका भिआइपीहरुको उपस्थिीति हुने बताइएको छ ।

दुवैले एकअर्कालाई करिब १० वर्षसम्म डेट गरेका थिए । आदित्य यो विबाहलाई लिएर निकै नै उत्साहीत छन् । आदित्य भन्छन्,‘मैले श्वेतालाई लामो समयदेखि जान्दै आएको छु । तरपनि यो निकै नै नयाँ च्याप्टर हो । हामीले एकअर्कालाई विगत १० वर्षदेखि जानिरहेका छौं ।

Related Articles

Back to top button