vada
News

१६ वर्षीया नेपाली किशोरी फेसबुकमा चिनजान भएका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि…

काठमाडौं । सामाजिक सञ्जाल धेरैका लागि धेरै कुरा सिक्ने माध्यम बनेको छ भने कतिपय सोही सामाजिक सञ्जालका कारण नराम्रो वाटो तर्फ पनि लागेका छन् । सामाजिक सञ्जाल प्रयोग गरेर नराम्रो काम गर्नेहरु पनि छन् । यस्तै घटनामा परेकी छन् एक नेपाली किशोरी ।

एक जना भारतीय युवकसंगको फेसवुकको कुराकानी पछि ति किशोरी केटालाई भेट्न भारत पुगेको घटना सार्वजनिक भएको छ । केटीले फेसबुकमार्फत् केटासँग सम्पर्क बनाउँछिन् । केटी काठमाडौंकी र केटा भारतको मध्यप्रदेशस्थित सिहोरका हुन् । उनीहरुबीचको कुराकानी गहिरिदै गएपछि किशोरी भारत पुगेकी हुन्छिन् ।

कोरोना भाइरसको महामारीका बीच उनी काठमाडौंबाट विमानमार्फत् भारत पुगिन् । त्यसपछि बसको यात्रामार्फत् विभिन्न शहरहुँदै शनिबार गन्तव्य पुगिन् । २० वर्षीय केटालाई भेटेपनि उनलाई भोपालको बालबालिका कल्याण कमिटीमा आइतबार पुर्याइयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टाइम्स अफ इन्डियाका अनुसार आस्थाको मेडिकल स्टोरमा काम गर्ने केटाले नै प्रहरीलाई केटी पुगेको खबर गरेका थिए । उनको कोभिड १९ को परीक्षण समेत भएको र फिर्ता पठाउने पहल भएको जनाइएको छ । केटी र केटा दुवैको पहिचान खुलाइएको छैन ।

Related Articles

Back to top button