News
नेपालमा भयाभह बन्दै कोरोना, एकैदिन २९ जनाले ज्यान गुमाए
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाबाट ज्यान जाने मानिसको संख्या १५०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
त्यस्तैगरी आज १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **