vada
News

कोरोना परीक्षणको नयाँ विधि, अब आधा घण्टामै रिपोर्ट आउने

काठमाडौं । सरकारले आधा घण्टामै रिपोर्ट आउने गरी नयाँ विधिबाट कोरोनाभाइरस परीक्षण गर्ने भएको छ ।काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत सहि नतिजा आउने मान्यता छ ।सरकारले पहिलो पटक समुदायस्तरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गर्न लागेको हो । यो विधिबाट परीक्षण गर्दा आधा घण्टामै रिपोर्ट आउने, कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने बताइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकारलाई एन्टिजेन परीक्षणका लागि १७ हजार किट उपलब्ध गराएपछि सरकारले परीक्षण सुरु गर्न लागेको हो । मंगलबार काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा र पर्सी मंसिर १७ गते १४, १६, १० वडाका जोखिम स्थान तोकेर एन्जिेन विधिबाट कोरोनाको परीक्षण गर्न लागिएको महानगरले जानकारी दिएको छ

Related Articles

Back to top button
Close