vada
News

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button