vada
News

जसले बुलेट बाइक किन्न लगाए, तर चढ्न पाएनन

तुलसीपुर । तुलसीपुरका प्रेम केसीले इण्डियावाट फोन गरि आफ्नो घर परिवारलाई बुलेट बाईक किन्न लगाए। उनको इच्छा पुरा गर्न मंसिर ११ गते घर परिवारले उनकै लागि भनेर बुलेट बाईक किनेर घर ल्याइदिए । तर, दूभाग्र्य प्रेम आफु भने शनिवार मध्य राति बा’कशमा घर फर्किए ।

इण्डियन आर्मीमा कार्यरत उनले आफु मंसिर २० गते छुट्टि लिएर घर विदामा आउन लागेको बताएका थिए । घर बिदामा आउँदा उनले आफ्नो लागि चढ्नलाई बुलेट बाईक किनेर राख्न लगाए । तर, उनी त्यो बुलेट बाइक कुदाउने गरि फर्किएनन् । नातामा दाजु पर्ने तुलसी केसीका अनुसार प्रेमले ५ तारिखमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए।

‘घर बिदामा आउँदा बुलेट बाइक चढ्ने रहर छ’, उनले केसीसँग भनेका थिए। ‘मेरो लागि एउटा बुलेट बाइक किनेर राखिदिनु भनेको थियो,’ तुलसीले भने ‘उनको इच्छा पूरा गर्न परिवारले अघिल्लो दिन मात्रै उसको लागि बाइक किनेर ल्याएका थिए।’ बाइक किनको दोस्रो दिन एकाविहानै आ’तं क का’री ह’मलामा प्रेम मा,रिए।

प्रेमले आफु हम’लमा पर्नुभन्दा अघिल्लो रात पनि घर परिवार सँग भिडियो सम्वाद गरेका थिए। प्रेमको आइतबार गृह जिल्ला दाङमा हि’न्दु परम्परा अनुसार अ’न्तेष्टि गरिएको छ । उनको श,व शनिवार मध्य रातिमा मात्रै घर ल्याइ पुर्‍याइएको थियो । घर बिदामा आउँदा बुलेट बाईक चढ्ने उनको चाहाना भने पुरा हुन पाएन ।

Related Articles

Back to top button
Close