vada
International

आदित्यको विवाहमा प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो, यसरी हुँदैछ विबाहको तयारी

एजेन्सी । भारतीय गायक एवं टीवी होस्ट आदित्य नारायणको विबाहको तयारी शुरु भईसकेको छ । कोरोना कालमा उनको विबाह हुने भएको हुनाले उनको विबामा ५० जना मात्रैलाई निम्तो दिईएको छ । उक्त निम्तोमा देशका ठूला व्यक्तित्वहरुलाई कार्ड पठाईएको छ ।

डिसेम्बर १ मा आदित्यको विबाह उनकी गर्लफ्रेण्ड श्वेता अग्रवालसंग हुनेछ भने डिसेम्बर २ मा उनीहरुको रिसेप्सन हुनेछ । यस बारेमा उदित नारायण झाले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको छ ।’

केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ । आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्कोसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।

Related Articles

Back to top button