vada
News

बागलुङबाट काठमाडौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना

गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ ।गल्कोट एफएम बाट ( फाइल तस्बिर )**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button