vada
News

मंसीर २२ गते नायिका स्वेता खड्काको बिहे !

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । स्रोतका अनुसार नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा लगनगाँठो कस्दैछिन् । स्वेताले बिहे गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनका बुबाले धनगढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । आफुभन्दा कम उमेरको युवकसँग बिहे गर्न लागेकी स्वेता र विजेन्द्रको परिवारले तयारी थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसीर २२ गते काठमाण्डौंमा बिहे हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवारले बिहेको कुरा गोप्य राखेका छन् ।

दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा चलेको थियो । तर स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ । त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो । तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी थिईन् ।

मंसीर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरिएकाहरु काठमाण्डौं जाने क्रम सुरु भएको छ भने कतिपय जाने तयारीमा रहेका छन् । न्युज श्रोत सुदुरपत्र डटकम

Related Articles

Back to top button