vada
News

काठमाडौ जाने भनेर एक वर्ष अघि हिँडेकी नगरपालिकाकी उपमेयर अमेरिका पुगीन्, अझै सम्पर्क विहिन

काठमाडौ । एक वर्ष अघि एक कार्यक्रमका लागि भन्दै अमेरिका गएकी कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अमेरिकामै हराएकी छन् । उनी गएको कात्तिक महिनामै अमेरिका गएकी थिइन् । केही दिनको कार्यक्रमका लागि गएकी उनी अझै फिर्ता भएकी छैनन् ।

आफ्नो घरमा समेत काठमाडौका लागि भनेर हिडेकी उनी अमेरिका पुगेको थाहा भएको थियो । उनी काठमाडौवाट एक कार्यक्रमका लागि अमेरिका उडेकी थिइन् ।

एक वर्ष देखि उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समस्या भएको छ । उनी काठमाडौ गएको चार महिना पछि उनी उतै लुकेको भनेर समाचार बाहिरिएपछि प्रतिकृया दिएकी थिइन् । सामाजिक सञ्जाल फेसवुक मार्फत आफु विरामी भएको र उपचारका लागि बसेको बताएकी थिइन् ।

उपचारमा लामो समय लाग्ने भएकाले उतै बस्नुपरेको बताएकी दर्शना त्यसपछि पनि सम्पर्कमा नभएका नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘असोजमा काम विशेषले काठमाडौं जानुपर्ने भयो भनेर नगरपालिकामा उनले जानकारी गराएको शाहीले बताए । तर पछि अमेरिका पुगेको सुनेको हुँ प्रमुख शाहीले भने, आधिकारिक जानकारी छैन ।’

नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरीवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । उपप्रमुख नेपाली बे प त्ता भएपछि कामकाज प्रभावित भएको भन्दै नगरापालिकाले नेपाल सरकार स्थानीय विकास तथा संघीय मन्त्रालयलाई पत्र पठाइएको छ ।

Related Articles

Back to top button