vada
News

टीभीएसको नयाँ मूल्यसूची सार्वजनिक, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालले हरेक ४ महिनामा एक पटक आफ्ना सदस्यहरुले विक्री गर्ने सवारी साधनको अधिकतम खुद्रा मूल्य प्रकाशन गर्ने गरेको छ ।

कार्तिक २५ गते प्राशित नयाँ मूल्यसूचीमा जगदम्वा मोटर्सले विक्री गर्ने टीभीएसका विभिन्न ८ मोडलका मोरसाइकल र ५ मोडलका स्कुटरगरि जम्मा २३ भेरियन्टका मोटरसाइकल तथा स्कुटरको मूल्य समावेश रहेको छ ।

कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल टीभीएस रेडिअनको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ र सबैभन्दा महंगो मोटरसाइकल अपाचे आरआर ३१०को मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै टीभीएसले विक्री गर्ने सबैभन्दा सस्तो स्कुटर टीभीएस ड्याजको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ भने, सबैभन्दा महंगो एनटर्क रेश एडिशन १२५ को मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची

Related Articles

Back to top button
Close