International
भारतका गृहमन्त्री अमित शाहमा कोरोना पोजेटिभ भेटियो
एजेन्सी, १८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोना पोजेटिभ भेटिएको छ। उनले आफूमा कोरोना पोजेटिभ भएकोबारे ट्वीट मार्फत जानकारी दिएका हुन्।डाक्टरको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरिएको अमित शाहले बताएका छन्। पछिल्ला दिनमा उहाँसँग सम्पर्कमा आएका मानिसहरूलाई पनि उनले अनुसन्धान गर्न आग्रह गरेको बीबीसीमा उल्लेख छ ।
गृहमन्त्री शाहले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाको प्रारम्भिक लक्षणहरू पाएको कारण मैले परीक्षण गरे र रिपोर्ट पोजेटिभ आयो । मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरहरूको सल्लाहमा म अस्पतालमा भर्ना भएको छु। म तपाईलाई अनुरोध गर्दछु कि तपाईंहरु जो पछिल्लो दिनमा सम्पर्कमा आउनुभएको छ, कृपया आइसोलेसनमा बस्नुहोस र परीक्षण गर्नुहोस्।’