vada
News

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

सन्दीपले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । सन्दीपले आफुलाई बुधबारदेखि सामान्य लक्षण देखिएको जानकारी दिदै अहिले सुधार भइरहेको बताएका छन् ।

सन्दीपले आफु अहिले होम आइसोलेसनमा रहेको र छिट्टै ठिक भएर मैदानमा आउने बताएका छन् ।

सन्दीप कोरोना संक्रमण भएका चौथो राष्ट्रिय खेलाडी हुन् । यस अघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण भएपनि उनीहरुको दोस्रो परिक्षण निगेटिभ आइसकेको छ ।

Related Articles

Back to top button