vada
News

भोलिबाट १० दिन लकडाउन हुँदै ! लामो तथा छोटो दुरीका यातायात पनि बन्द हुने

-बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्न निर्णय गरिएको छ।नगरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि मंसिर २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।

कोरोना भाइरसका नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निणर्य भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको अध्यक्ष भट्टले बताए।

नगर क्षेत्रभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्रै खुला हुनेछन् भने नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय समेत बन्द गर्न अनुरोध गर्ने निणर्य गरेको छ।

Related Articles

Back to top button