vada
News

गुल्मीमा जीप दुर्घटना, एउटै गाउँका ४ सहित ५ जनाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज (शुक्रबार) बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो। जीपमा चालकसहित ९ जना थिए। दुर्घटनामा इस्मा–४ हुलकै ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षकी सुन्दरी थापाको मृत्यु भएको हो।

इस्मा–४ हुलकै १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितान घाइते भएको प्रहरीले बताएको छ। चालक बुद्ध बस्नेत र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। फाइल तस्विर**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button