vada
News

प्रहरी नायब निरीक्षक यज्ञमणि वैदिकको कोरोना संक्रमणबाट मृ’त्यु

काठमाडौं, जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षकको कोरोनाका कारण बिहीबार मृ’त्यु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृ’त्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए। बाँकेका कोरोना फो’कल पर्सन नरेश श्रेष्ठका अनुसार स’ईलाई पि’सिआर परीक्षणका क्रममा मंसिर ३ गते कोरोना संक्रमन पुष्टि भएको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृ’त्यु भएको फोकल पर्सन श्रेष्ठले बताए। नि’मोनियाका कारण उनको मृ’त्यु भएको अस्पतालले जानकारी दिएको छ। दुई वर्षअगाडि स’रुवा भएर रोल्पा गएका वैदिकले लामो समय प्रहरी चौकी जुँगारको इञ्चार्जका रुपमा जि’म्मेवारी स’म्हालेका थिए। एक महिनाअगाडि मात्रै उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा स’रुवा भएका थिए। त्यसै क्रममा उनी बि’रामी परेपछि उपचारका लागि बाँके पुगेको र उपचारकै क्रममा मृ’त्यु भएको भन्ने खबर प्राप्त भएको रोल्पाका एक प्रहरी अधिकारीले जानकारी दिए।

Related Articles

Back to top button