vada
International

कोरोना संक्रमितको नजिक गएमा मोबाइलमा नोटिफिकेशन आउने

एजेन्सी , अमेरिकामा कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य अधिकारीहरुले सेलफोनहरुलाई समेत कोरोना संक्रमण फैलिन कम गर्ने माध्यमका रुपमा उपयोग गरेका छन् । एप्पल र गुगल फोनमा त्यस्ता नोटिफिकेशन प्राप्त गर्न सकिने भएको छ ।यदि तपाई कोरोना संक्रमित व्यक्तिको नजिक जानुभएको थियो पछि ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएको खण्डमा तपाईलाई फोनमा नोटिफिकेशन आउनेछ । स्वास्थ्य विभागका एप्लीकेशनहरुमार्फत ब्लुटुथ प्रविधिबाट तपाईको फोन कोरोना संक्रमितको नजिक पुगेको सुचित गरिनेछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एप्लीकेशनले तपाईलाई सुरक्षित राख्न नसकेपनि यदि तपाई कोरोना संक्रमितको नजिक जानुभएको थियो भने सचेतना अपनाएको खण्डमा वा क्वारेन्टीनमा बसेको खण्डमा अरु फैलिनबाट भने रोक्न सक्नुहुनेछ । यी एप्लीकेशनहरु लाखौंले डाउनलोड गरिसकेको जनाइएको छ ।केही राज्यहरुमा भने यो एप्लीकेशन उपलब्ध भइसकेको छैन । बस, ट्रेन वा बाटोमा कोरोना संक्रमित कोही व्यक्तिको नजिक गएको भएमा त्यस्तो नोटिफिकेशन प्राप्त गर्न सकिने जनाइएको छ ।प्रयोगकर्ताले नोटिफिकेशन प्राप्त गर्नका लागि स्वीकार गरिसकेपछि ब्लुटुथको माध्यमबाट एप्लीकेशनले नजिकको फोनको कोड प्राप्त गर्छ ।

जब यो विशेषता प्रयोग गरेको व्यक्तिलाई कोरोना संक्रमण हुन्छ, तब उसले स्वास्थ्य अधिकारीबाट पिन प्राप्त गर्छ । पिन फोनमा हाल्नेबित्तिकै विगत दुईसातामा कम्तीमा १५ मिनेट ६ फिट भन्दा नजिक गएका सबैको फोनमा नोटिफिकेशन प्राप्त हुन्छ ।अहिलेसम्म कम्तीमा १५ राज्यहरुले यस्तो नोटिफिकेशनको व्यवस्था गरिसकेका छन् । अलाबामा, कोलोराडो, कनेक्टिकट, डेलावर, मिसिगन, मिनेसोटा, मेरिल्याण्ड नेभाडा, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, नर्थ डाकोटा, पेन्सिलभेनिया, भर्जिनिया, वायोमिंग र वासिंटन डिसीमा यो व्यवस्था भइसकेको छ ।खासोखास**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close