vada
International

कोरोना महामारीको फ्रण्ट लाइनमा रहेका चिकित्सकको यो तस्विरले दुनियाँलाई नै भावुक बनायो

काठमाडौं । झण्डै एक वर्षदेखि जारी कोरोना महामारीलाई लिएर विश्वभर नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । पछिल्लो दश महिना भन्दा बढी समयदेखि, विश्वभरका डाक्टर र नर्सहरूले निजी र सरकारी अस्पतालमा कोभिड–१९ बिरामीहरूको उपचार गर्न अथक प्रयास गरिरहेका छन् ।

२४ घण्टा सेवाको बावजुद पनि बिरामीको संख्या लगातार बढ्दैछ । अर्को शब्दमा, डाक्टरहरू, नर्सहरू र चिकित्सा सहायकहरू लडाँई मैदानमा सैनिकहरू जस्ता छन्, जुन घातक लडाँईको सामना गर्न उपकरणहरू सहित लागेका छन् । डाक्टर र नर्सहरूले कोरोनाबाट बच्न घण्टौसम्म पीपीइ किट लगाएका छन् ।

पीपीइ किटले उनीहरूको अनुहारमा धेरै परिवर्तन ल्याएको छ । संयुक्त राज्य अमेरिकाकी एक नर्सले सामाजिक सञ्जाल ट्वीटरमा एक पहिले र अहिलेको भन्दै एक तस्विर राखेकी छिन् । अमेरिकाको टेनेसीकी क्याथेड्रल नाम गरेकी नर्सले आठ महिना पहिलेको र अहिलेको तस्विर साझा गरेकी हुन् ।

उनको यो तस्विरले सबैलाई भावुक बनाएको छ । टेनेसी राज्यमा ४ हजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ । जानकारी अनुसार ३ लाख ३० हजार भन्दा धेरै कुल संक्रमित पनि रहेका छन् । चिकित्सा पेशेवरहरूलाई बिरामी सम्हाल्न गाह्रो भइरहेको छ । क्याथेड्रल महामारीको सामना गर्न राज्यमा काम गर्ने थुप्रै स्वास्थ्यकर्मीहरू मध्ये एक हुन् ।

उनको पहिले र अहिलेका तस्विरहरु हेरेर यो देख्न सकिन्छ कि उनीहरूमा कति तनाव बढेको छ । पहिलो तस्विरमा २७ वर्षीया नर्स थिइन, उनी आफ्नो स्नातक पछि हाँस्दै थिइन् । दोस्रोमा उनी पीपीई किट र अनुहारमा मास्कको निशानसहित देखिएकी छिन् । ट्विटरमा पहिले र अहिले भनेर सेयर गरिएका तस्विरहरुले निकै चर्चा पाएका छन् ।

अहिलेसम्म ८८ हजार भन्दा बढी रिट्वीस, ११ हजार भन्दा धेरै प्रतिक्रियाहरू र ९ लाख ७१ हजार भन्दा धेरैले मन पराएका छन् । उनको कामलाई लिएर धेरैले प्रशंसा गरिरहेका छन् । क्याथेड्रलले मेट्रो न्युजलाई भनिन् कि उनी दिनमा झण्डै १३ घण्टा काम गरिरहेकी छिन् ।

उनले भनेकी छिन्, ‘शनिबार रात, म मेरो पालोको बीचमा थिएँ । म बिरामीको कोठाबाट बाहिर आएँ । मैले मेरो पीपीई किट निकाले । मेरो दिमागमा स्नातक को एक तस्वीर थियो । म मेरो अनुहार पहिले र अहिले कस्तो देखिन्छ भनेर देखाउन चाहान्छु ।’

यसरी दिनरात नभनेर कोरोनाविरुद्ध लडाँई गरिरहेका विश्वभरका तमाम स्वास्थ्यकर्मीलगायत सबैलाई हाम्रो पनि सलाम । यस्तै तस्विर नेपालकापनि छन् । ती लुकेका तस्विरहरुलाईपनि हाम्रो सलाम ।

Related Articles

Back to top button