News
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । मंगलबार १८ सयले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजारले घटेको हो ।
मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ हजारले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस्