तपाईँको चोरऔँला लामो छ कि छोटो? शरीरका अङ्गले बताउने यी ७ कुरा
तपाईँको शरीरका विभिन्न अङ्गहरूको सम्बन्ध कत्ति गहिरो हुन्छ भनेर तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। उदाहरणकै लागिः के तपाईँलाई थाहा थियो, तपाईँको चोर औँलाको लम्बाईले गोप्य रूपमा तपाईँको लिङ्गको आकारलाई जनाइरहेको हुन्छ। सुन्दा अचम्म लाग्न सक्छ, पत्यार नलाग्ने शरिरका अंगका बारेमा यी रोचक तथ्य भने अनौठा छन्।
पढ्नुहोस्, तपाईँको शरीरको बारेमा यी १० रोचक सम्बन्धः**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
१. आवाज र उचाई
वासिङ्गटन युनिभिर्सिटीका अनुसन्धानकर्ताहरू भन्छन् कोहि बोलेको सुनेकै भरमा उसको उचाईको सही अनुमान लगाउन सकिन्छ। फोक्सोमा जोडिएको तल्लो स्वासनलीमा पैदा हुने आवाज मानिसको उचाई बढेसँगै बोधो हुने अनुसन्धानकर्ताहरू बताउँछन्, जसलाई ‘सबग्लोटल रेजोनेन्स’ (Subglottal resonance) भनिन्छ। त्यसैले नै अग्ला व्यक्तिहरूको स्वर सामान्यभन्दा मोटो अनि बोधो हुने गर्दछ।
२. आँखा र दिमाग
तपाईँको आँखाको नानीले तपाईँको मस्तिष्क कत्तिको स्वस्थ छ भनेर बताउँदछ। साइकोलोजिकल साइन्सले प्रस्तुत गरेको एक रिपोर्टका अनुसार, आँखाको नानी फराकिलो हुने व्यक्तिहरूको आइक्यू (IQ) मसिनो हुनेहरूको भन्दा कमजोर हुने पाइएको छ।
३. छाला र रक्तचाप
छाला चाउरी पर्नुले उमेर ढल्किँदै गएको मात्रै सङ्केत गर्दैन, यसले तपाईँको मुटुको स्वास्थ्यको बारेमा पनि धेरै कुराहरू भनिरहेको हुन्छ- अनुसन्धानकर्ताहरू भन्छन्। मुटुरोग विशेषज्ञहरूले गरेको एक खोजको क्रममा उनीहरूले मुटु रोग अनि उच्च रक्तचाप भएका बिरामीहरू र नभएका बिरामीहरूलाई भिन्दा भिन्दै समूहमा विभाजन गरेर राखेका थिए। त्यसपछि ती सबैको छाला जाँच गर्दा मुटुरोग हुनेहरूको छाला मुटुरोग नहुनेहरूको भन्दा बढि चाउरी परेको पाइएको थियो।
४. हात र लिङ्ग
कोरियाली वैज्ञानिकहरूका अनुसार, साइँली औँला (बिहेको औँठी लगाउने औँला) भन्दा चोर औँला छोटो हुने पुरुषहरूको लिङ्गको आकार ठूलो हुन्छ। भ्रूण अवस्थामा हुँदा टेस्टोस्टेरोन हरमोनले पुरुषको औँला र लिङ्गलाई नियन्त्रण गर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए।
५. औँला र क्यान्सर हुन सक्ने सम्भावना
लामो चोर औँला हुनेहरूको लिङ्ग छोटो हुने कुरा त थाहा पाउनुभयो, तर एउटा राम्रो कुरा के छ भन्दा- लामो चोर औँला हुनेहरूलाई गलगाँडको क्यान्सर हुने सम्भावना कम हुने तथ्य ‘ब्रिटिस जर्नल अफ क्यान्सर’ले गरेको खोजबाट पत्ता लागेको छ।
६. खुट्टा र उत्तेजना शक्ति
तपाईँलाई हिँड्दा हिँड्दै खुट्टा दुखेर हिँड्नै नसक्ने अनि नियमित खुट्टा बाउँडिने समस्या छ भने ‘रेस्टलेस लेग सिन्ड्रोम’ (Restless Leg Syndrome- RLS) भएको छ भन्ने बुझाउँछ। तर यस्तो भएमा खुट्टाको समस्याभन्दा जटिल समस्या तपाईँको उत्तेजना शक्तिमा आइरहेको छ भनेर पनि सङ्केत गर्दछ। यस्तो RLS भएका बिरामीहरूलाई गरेको अनुसन्धानबाट उनीहरूमा ‘डोपामिन’ नामक हरमोनको भएको हुने देखिएको थियो, जसले उनीहरूको उत्तेजना क्षमतामा प्रत्यक्ष असर गर्दछ।
७. ओँठ र स्मरण शक्ति
यदि तपाईँको ओँठ जतिबेला पनि सुक्खा भएर फुट्ने अनि खस्रो हुने हुन्छ भने तपाईँको उमेर बढ्दै गएपछि स्मरण शक्तिमा धेरै ह्रास हुने अनुसन्धानबाट पत्ता लागेको छ। यसरी स्मरण शक्ति कमजोर हुने समस्यालाई ‘डिमेन्सिया’ (Dementia) भनिन्छ।