vada
International

प्रभुदेवाले पारे सबैलाई चकित, आफ्नै भान्जीसंग प्रेममा छन् भनिएका प्रभुदेवाले गरिसकेका रहेछन् लुकिछिपी विबाह

एजेन्सी । भारतका चर्चित कोरियोग्राफर प्रभुदेवाले सेप्टेम्बरमा नै विबाह गरि सकेका रहेछन् । उनले बिहारको बेस्ड फिजियोथेरेपिस्टसंग मुम्बईको रेजिडेन्समा गएको २ महिना अघि नै लुकिछिपी विबाह गरिसकेका रहेछन् ।

विबाहीत यो जोडी हिजोआज चेन्नाईमा बसेका छन् । प्रभुदेवाले यतिका दिनसम्म आफ्नो विबाहको खबरलाई सीक्रेट नै राखिराखेका थिए । खबरका अनुसार उनी फिजियोथेरेपिस्टसंग तब मिलेका थिए जब उनी आफ्नो ब्याक पेनको समस्यालाई लिएर फिजियोथेरेपिस्टको अफिस गएका थिए । नियमित उपचारकै शिलशिलामा उनीहरु दवैले एकअर्कालाई मन पराउन शुरु गरेका थिए ।

दुवैले केही समयसम्म एकअर्कालाई डेट गरे । र अन्तमा सेप्टेम्बरमा यीनीहरुले सबैसंग लुकेर सुटुक्कै विबाह गरे । जब कि पछिल्लो केही हप्ता अघि मात्रै यो खबर सोशल मिडियामा निकै नै भाईरल बनिरहेको थियो कि प्रभुदेवाले आफ्नै भान्जीलाई डेट गरिरहेका छन् भन्ने । यो खबरलाई प्रभुदेवाको विबाहको खबरले गलत साबित गरिदिएको छ ।

तर अहिलेसम्म प्रभुदेवाको तर्फबाट भने कुनै आफिशियल अनाउन्समेन्ट भने आएको छैन । प्रभुदेवाले गरेको लुकिछिपी विबाहलाई कोरोनाको कारण मानिएको छ । प्रभुदेवाको यो दोश्रो विबाह हो । उनले सन् १९९५ मा रामलतासंग विबाह गरेका थिए । उनको पहिलो श्रीमतीबाट ३ सन्तान मध्य ठुलो छोराको सन् २००८ मा क्यान्सरका कारण मृत्यु भएको थियो । २०११ मा प्रभुदेवा र रामलताको सम्बन्ध बिच्छेद भएको थियो ।

Related Articles

Back to top button