पिसाबमा फिँज देखियो भने सावधान ! मृगौलाको समस्या हुन सक्छ
काठमाडौँ । हामीमध्ये धेरै पिसाब गर्दा आफ्नो पिसाबको रङ्गमा ध्यान दिदैनौँ । तर बिज्ञहरु भने पिसाबको रङ्ग स्वास्थ्यको एकदमै भरपर्दो सूचक भएकाले सो को जानकारी राख्न सल्लाह दिन्छन् । उनीहरुका अनुसार पिसाबले हाम्रो स्वास्थ्यका विषयमा धेरै कुरा बताइदिन्छ।
पिसाबको रङलाई खाएको खानेकुरा, पिएको चिज वा औषधि लगायतले समेत प्रभाब पार्नसक्छ । बेलायतमा भएको स्वास्थ्य सम्बन्धि कार्यक्रममा बिज्ञहरुले विभिन्न रङका पिसाबका नमुनाहरु राखिएका टेष्टट्युब देखाएका थिए जहाँ सफा पानीजस्तो पिसाबसँगै पहेँलो, रातो तथा निलो रङको पिसाबको नमूना थियो । त्यसपछि उनीहरुले कस्तो रङ्ग पिसाबले के दर्शाउछ भनेर बताए । रंगहीन पारदर्शी पिसाब हुनुको अर्थ पर्याप्त पानि पिएको बुझिन्छ ।
परालजस्तै हल्का पहेँलो पिसाब हुनुको अर्थ व्यक्तिले जिउलाई चाहिनेजति पानी पिएको छ र स्वास्थ्य सामान्य छ । पिसाबको यो रङले मानिस स्वस्थ भएको बुझाउँछ । पारदर्शी पहेँलो रङको पिसाब हुनु पनि स्वास्थ्य सामान्य अवस्थामा रहेको सूचक हो । गाढा पहेँलो पिसाब हुनु भनेको तत्कालका लागि स्वास्थ्य ठीक भएपनि पानिको मात्र बढाउनु पर्छ भन्ने सन्देश हो । मह वा बेसार जस्तै पहेँलो हुनु भनेको व्यक्तिले पर्याप्त पानी नपिउने गरेको संकेत हो । यस्तो पिसाब आएमा तत्कालै पानी पिउने बानि गर्नु पर्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
खैरो खालको अलिक बाक्लो पिसाब हुनु भनेको कलेजोको रोगको संकेत हुनसक्छ । साथै जिउमा निकै उच्च मात्रामा जलवियोजन हुँदा पनि पिसाबको अवस्था यस्तो हुनसक्छ । यदि यस्तो रङको पिसाब आएमा पर्याप्त पानी पिउनुका साथै चिकित्सककोमा जँचाउन गैहाल्नुपर्छ । रातो अर्थात गुलाबी रङको पिसाब हुनुको अर्थ तपाइँले ब्लुबेरी वा रातो मुला खाने गर्नुभएको छ । यदि होइन भने पिसाबमा रगत मिसिएर पनि यस्तो हुनसक्छ । साथै यस्तो रङको पिसाब आउनु मृगौला रोगको लक्षण हुनसक्छ । मृत्रप्रणालीमा क्यान्सर हुनु, मुत्रनलीमा संक्रमण हुनु तथा प्रोस्टेट ग्रन्थीको समस्याले समेत यस्तो हुनसक्छ । सिसा तथा पारोको विषाक्तताले पनि पिसाबको रङ रातो वा गुलाबी बन्न सक्छ।
त्यसैले यस्तो पिसाब आएमा तुरुन्तै चिकित्सककोमा सल्लाह लिनुपर्छ। सुन्तला रङको पिसाब आउनुको अर्थ कम पानी पिउनु मात्र होइन पित्तथैली वा कलेजोको रोगको लक्षण पनि हुनसक्छ । पिसाबको रङ निलो वा हरियो देखिनु भनेको निके दुर्लभ घटना हो । खासगरी वंशाणुगत रोगका कारण पिसाबको रङ निलो वा हरियो हुनसक्छ । त्यस्तै कतिपय ब्याक्टेरियाले मुत्रनलीमा संक्रमण गर्दा समेत यस्तो हुनसक्छ । कतिपय औषधिको सेवनले समेत पिसाबको रङ यस्तो अस्वभाविक हुनसक्छ।
पिसाबको रङ निलो भैहाल्यो भनेर धेरै आत्तिनु पर्दैन तथापि तत्कालै चिकित्सककोमा भने देखाइहाल्नुपर्छ। पिसाबमा फिँज देखिनुको अर्थ के होला ? कहिलेकाहीँ यस्तो हुनु सामान्य प्रक्रिया हो। तर प्रायः पिसाबमा फिँज देखिन्छ वा बाक्लो हुन्छ भने त्यो मृगौला रोगको लक्षण हुनसक्छ। साथै भोजनमा प्रोटिनको मात्रा आवश्यकता भन्दा बढि हुँदा पनि यस्तो हुनसक्छ। त्यसैले चिकित्सककोमा परामर्श लिइहाल्नुपर्छ।