vada
News

पोर्चुगलमा एक नेपाली महिलाको कोरोनावाट निधन

पोर्चुगल – कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको दु:खद निधन भएको छ । नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा परिवार सहित व्यवसाय गर्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारणले मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

अन्दाजी ४२ वर्षीय स्वर्गीय मुना श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् । उनी पुरानो निमोनियाको विरामी रहेको कोरोना संक्रमण भइ निमोनिया समेत बल्झेपछि ३/४ हप्ता जति कासकाईस अस्पतालमा राखी उपचार भइरहेकोमा अन्ततः अस्ती मध्य राती २ उनको असामयिक निधन भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close