News
प्याराग्लाइडिङ दु’र्घटना: पाइलटको मृ’त्यु , यात्रु गम्भीर घाइते
पोखरा — पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ ।
पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृ’त्यु भएको हो । दु’र्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दु’र्घटनामा परेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्याइएकोमा नेपालीलाई चिकित्सकले मृ’त घोषण गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।