vada
News

गोविन्दको नाममा काश्मिराले लेखिन् यस्तो सन्देश: मामा-भान्जा बीचको विवाद झन बढ्यो

एजेन्सी । प्रख्यात हास्य अभिनेता कृष्ण अभिषेक र अभिनेता गोविन्दको बीचको विवाद थप उत्कर्षमा पुगेको छ । मामा गोविन्दको बारेमा कृष्णले बारम्बार भनाई सार्वजनिक गरेपछि गोबिन्दले पनि त्यसको जवाफ दिएका थिए । गोविन्दले कृष्णको जुम्ल्याहा बच्चा विरामी हुँदा अस्पतालमा भेट्न नगएको भन्दै दिएको वयानमा आपत्ती जनाएका थिए ।

कृष्णको छोराछोरीलाई अस्पतालमा भेट्न जाँदा उनको श्रीमतिले भेट्न नदिएको भन्दै गोविन्दाले भनेपछि फेरी कृष्णको श्रीमतिले लामो स्टाटस लेखेकी छन् । कृष्णको श्रीमति कश्मिरा शाहले आफ्ना जुम्ल्याहा सन्तानको तस्बिर राख्दै गोबिन्दको लागि लामो सन्देश लेखेकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कश्मीरी शाहले आफ्नो पोष्टमा लेखेका छन् म मेरा सन्तानलाई अप्ठेरो अवस्थामा देख्न सक्दिन । ठूला ब्यक्तिहरुले आफ्नो स्वार्थका लागि साना छोराछोरीको प्रयोग गरिरहेको मलाई मन पर्दैन । म त्यसो गर्न अनुमति दिन्न । कश्मिरा लेख्छिन्, ‘जीवन एक निर्देशन गाईडको साथ आउँदैन, तर यो आमाको साथ आउँदछ र तिमीहरुलाई सुरक्षा गर्नु मेरो काम र मेरो प्राथमिकता हो।’

‘एक आमाको रूपमा यो मेरो कर्तव्य हो कि तिमीहरुलाई कुनै कष्ट नहोस् । एक आमाको रूपमा, तिमीहरुलाई दुखेको देख्दा मेरो मन दुख्छ । म तिमीहरुलाई अरुले दिने दुखवाट टाढा राख्न चाहन्छु । कश्मिराले अगाडि लेखिन्, ‘आमाको रूपमा, म तिमीहरुलाई वचन दिन्छु कि तिमीहरुलाई कसैको व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्न दिने छैन।

जबसम्म म जीवित छु वा यो संसारमा रहने छैन त्यतीबेला पनि तिमीहरुको रक्षा गर्नेछु । जब तिमीहरु ठूलो हुनेछौ । तिमीहरुले बुझ्ने छौ की कोही ठूलो ब्यक्तिले तिमीहरुलाई आफ्नो स्वार्थको लागि कसरी प्रयोग गर्न खोजीरहेका थिए । तिमीहरुको आमा काश्मिरा शाह शर्मा।

गोविन्द र कृष्ण बीचको विवाद द कपिल शर्मा शो वाट सुरु भएको थियो । गोबिन्द कार्यक्रममा उपस्थित भएको बेलामा कृष्ण देखा परेनन् । कृष्ण सो कार्यक्रमको एक कलाकार थिए । उनलाई गोविन्दा आएको बेलामा किन कार्यक्रममा नगएको भनेर गरिएको प्रश्नमा उनले मामासंगको विग्रिएको सम्बन्धका बारेमा सार्वजनिक गरिदिएका थिए । कृष्ण अभिषेकले भनेका थिए कि उनका जुम्ल्याहा रायन र कृष्णको जन्म हुँदा उनका मामा गोविन्द उनलाई भेट्न आएनन्।

Related Articles

Back to top button