vada
Video

हरेक प्रश्नको उत्तर दोहोरीमै दिने १४ बर्षकी अचम्मकी बालिका भेटिईन् । ‘रमेश प्रसाईसँग दोहोरी भिड्न तयार छु’ भन्दै मिडियामा आईन् (भिडियो हेर्नुस)

पछिल्लो समय गाउँ गाउँबाट उठेका बालप्रतिभाहरुले युट्युबमा मौका पाईरहेका छन् । साना साना नानी बाबुहरुको लोक दोहोरी लाईभ गायन देखेर सबै छक्क छन् । कमला घिमिरे, आयुषा गौतम लगायत अन्य धेरै बाल प्रतिभाहरुले मिडियामै आएर कला देखेर चर्चा पाइस्के ।

यसैबिच काभ्रेकी जीवना हुमागाई पनि यतिबेला चर्चामा छिन् । जीवना जस्तो सुकै सन्दर्भमा लाईभ दोहोरी गाउन सक्छिन् । १४ बर्षकी मात्र उनले चर्चित लोक दोहोरी गायकहरु राजु परियार, रबिन लामिछाने आदिसँग गीत गाईसकिन् भने राज कुमार बानियाँ जीवनाको कला निखार्न अघि बढेका छन् । जीवनासँग अचम्मको कला के छ भने उनी साधारण रुपमै सोधिएको प्रश्नको दोहोरीमै उत्तर दिन्छिन् । शिशिर भण्डारीले जीवनालाई सोधेका हरेक प्रश्नको उनले दोहोरीमै उत्तर दिईन् । हेर्नुस**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button