vada
Video

हिसिला यमीको दिदी : तिहारमा टिकालगाउन यति धेरै तयारी गरेकी थिइन् भाइ नआउदा रुदै पर्खिइन् (भिडियो हेर्नुस्)

काठमाडौ । पूर्णशोभा तुलाधार ८१ वर्षकी उमेरकी हुन् । उनले इन्ट्राग्रामवाट उनले ब्यवसाय गरिरहेको खबर अहिले निकै चर्चा भएको छ । वृद्ध महिलाले सामाजिक सञ्जाल प्रयोग गरेर ब्यवसाय गरेको खबर निकै उदेकलाग्दो छ ।

यि वृद्ध भाईहरुलाई तिहारको टिका लगाउन भन्दै सबै तयारी गरेर बसिन् । जति उमेर ढल्कदै गयो उती धेरै माइतीको माया लाग्ने रहेछ । उनी सकि नसकी भाइहरुका लागि सबै तयारी गरिन् । तीन दाजुभाई यो वर्षको तिहारमा टिका लगाउन नआउँदा उनको मन निकै रोयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले थैली बनाएर बेच्ने ब्यापार गर्छिन । उनलाई सामाजिक सञ्जाल भनेको के हो थाहा छैन । फेसवुक र इन्टाग्राम भन्ने आमालाई थाहा छैन । तर उनको ब्यापारको चर्चा भने सबैतिर फैलिएको छ । उनी सोध्छिन् फेसवुक भनेको के हो ? श्रीमानको निधन भएपछि उनलाई आफन्तहरुले पनि हेरेका छैनन् । दिदी बहिनी पनि उनको घरमा टेक्न समेत आएका छैनन् ।

अब त कसैको पनि आश लाग्दैन उनी भन्छिन्, उनको थैली ब्यापारले भने जिवन चलाउन सजिलो भएको छ । तर वृद्ध अवस्था भएका कारण केही असहज भएको छ । पूर्णशोभालाई अर्को एक महिलाले साथ र सहयोग दिएकी छन् । दुई जना मिलेर पैसा राख्ने थैली बनाउँछिन् ।

स्वयंभुमा बस्ने उनी परम्परागत थैली बनाएर जिवन चलाउँछिन् । उनको ब्यवसाय कसरी इन्टाग्रामसम्म पुग्यो भन्ने बारेमा उनले बताएकी छन् । ३ रोपनी १३ आना भन्दा बढी जग्गा जमिन भएकी उनको अहिले सबैले जमिन पनि खाइदिए । अहिले सानो झुपडीमा बस्छिन् ।

Related Articles

Back to top button