vada
News

एकाएक फेरी लकडाउन गर्ने घोषणा, कक्षा १२ को परिक्षा हुन्छ कि हुँदैन ?

को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमण तिब्र रुपमा समुदायस्तरमा फैलिएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने घोषणा गरेको छ । नगरपालिकाले बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ । लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाइएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् ।

यस अवधिमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने जनाइएको छ । कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तै तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत नगरपालिकाले दिएको छ । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ ।

Related Articles

Back to top button
Close