vada
News

ठिमीको हनुमन्ते खोलामा भेटिएकी यी महिला हो हुन्? कसले उनलाई कपडा बिहिन र बोल्न समेत नसक्ने अवस्थामा पुर्यायो?

केटा मान्छे देख्नेबित्तिकै त र्स ने र ड रा उ ने अवस्थाकी एक महिलालाई प्रहरीले हनुमन्ते खोलाबाट उद्दार गरेपनि उनको यस्तो अवस्था आउनुको मुख्य कारणसम्म प्रहरी पुग्न प्रयासरत छ ।

उनको मानसिक अवस्था असमान्य छ । बाहिरबाट उनको क्रियाकलाप हेर्दा उनीमाथि केही असमान्य घटना भएको अनुमान गर्न सकिन्छ ।ती महिलालाई सनिबार बिहान हनुमन्ते खोलामा कपडा बिहीन अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी पुग्नु अघि उनलाई स्थानीयले कपडा लगाइदिएपनि उनी कुरा गर्न असमर्थ थिइन् । उनको पहिचान समेत हुन सकेको थिएन । उनको बस्तुको नाममा हातमा घडि मात्र थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरीले उनलाई सोझै अस्पताल लगेर उपचार गरेको थियो । तर उनको चेतना पछिसम्म फर्किएको थिएन । केही समयपछि उनको हो स फर्किएको र आफ्नो बारेमा केही जानकारी उनले दिएको भक्तपुर अस्पताल श्रोतले बताएको छ ।

जसका अनुसार उनकी एक पाँच बर्षिया छोरी समेत छिन्, पति साथै थिए तर अहिले पति कहाँ छन् थाहा हुन सकेको छैन । प्रहरीकहाँ जाहेरी नपरेको र उनीमाथि अनैतिक कार्य भएको नभएको पत्ता लगाउने कुनै जाँच समेत नभएको बताइएको छ । सांकेतिक तस्वीर

Related Articles

Back to top button
Close