जाडोमा यसरी बनाउनुस् घरेलु उपायबाट छिनभरमै हात नरम र गोरो !
काठमाडौं । सुन्दर देखिन अनुहार राम्रो भएर मात्रै हुँदैन। अनुहारका साथै हातगोडाको हेरचाहमा उत्तिकै ध्यान दिनुपर्छ । चिसो मौसममा त छाला झन् खस्रो हुन्छ।
धेरैको ध्यान अनुहारको खस्रोपन हटाउनेतिर मात्र जान्छ। हातको छालामा भएको खस्रो कम गर्न त्यति ध्यान दिइँदैन । तर हातको हेरचाह र नरमपनमा उत्तिकै विचार पुर्यानुपर्छ।
जाडोमा हात नरम बनाउन केही घरेलु विधि अपनाउन सकिन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
-दैनिक चिसो पानीमा हात खेलाउनासाथ लोसन प्रयोग गर्नुपर्छ । यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ।
-राति सुत्नुअघि छालामा क्रिम बेस मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा त्रिम हातमा राम्ररी बस्छ।
-नुहाउने समयमा हातमा तेल वा क्रिम लगाउनु पर्छ । नुहाएपछि शरीरमा बडी लोसन या क्रिम लगाउनाले छालालाई नरम बनाउँछ ।
-प्रयोग गर्ने तेल तिल या जैतुनको रोज्नु राम्रो हुन्छ । छाला धेरै फुस्रो छ भने बदामको तेल तताएर लगाउन सकिन्छ। शरीरभर मालिस गर्न पनि सकिन्छ।
-एक चम्चा तिलको तेल, एक चम्चा बदामको तेल तथा एक चम्चा गहुँको तेलको मिश्रण बनाएर हात तथा नङमा दैनिक लगाउँदा फाइदा हुन्छ।
-बेसन, दही र बेसारलाई मिलाएर बनाएको पेस्ट हातमा लगाएर २० मिनेटपछि हलका स्क्रब गरेर हटाउँदा पनि हात नरम हुन्छ।
-खस्रो छालाका लागि दुई चम्चा सुर्यमुखी तेल, दुई चम्चा कागतीको रस र एक चम्चा चिनी मिलाएर बनाएको पेस्ट लगाएर १५ मिनेटपछि विस्तारै स्क्रब गर्दा राम्रो हुन्छ ।