vada
Video

पुर्ब नेपाल आर्मीको ला-स भेटिएको ठाउँमा पुग्दा, भेटीए यस्ता प्रमाण | मारीएकै हुन् त् अजय हेर्नुहोस्(भिडियो)

काठमाडौ । मकवानपुर मनहरी गाउँपालिका ६ सुनाचरीमा पूर्व आर्मी अजय सुनार विकको निधन रहस्यम हुँदै गएको छ । उनको अन्त्यष्टि गरिसकेपछि घटना थप रहस्यम बन्दै गएको हो । तिहार अघि साथीहरुसंग तास खेल्न गएका अजय भीरवाट लडेर निधन भएको भनिएको थियो । तर घटनास्थल र प्रहरीकै भनाई अनुसार घटना रहस्यम भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

स्थानियबासीन्दाले बताए अनुसार साथीहरु मिलेर तास खेलिरहेका थिए त्यही बेलामा प्रहरी आयो भनेर उनीहरु दौडीए त्यही बेलामा भीरवाट लुडेुर निधन भएको खबर आएको बताए । तर प्रहरी प्रशासनले त्यस्तो कुनै गस्ती प्रहरीको नगएको बताएपछि घटना रहस्यमय भएको पत्ता लागेको हो ।

कात्तीक २५ गते ३८ वर्षका अजय सुनार विक चिहानडाँडामा तास खेलीरहेका थिए । प्रहरी आयो भनेर कसैले खबर गरिदिएपछि भाग्दा भिरवाट खसेर निधन भएको जानकारी उनको परिवारलाई दिइएको छ ।

श्रीमानको किरिया बसेकी उनकी श्रीमतिले अहिले आफुलाई स्थानिय नेताहरुले विभिन्न अफर लिएर आउने गरेको बताएकी छन् ।गाउँका नेताहरु हामी क्षतीपुर्ती दिन्छौं भन्दै आउनुहुन्छ उनले भनिन्, अरुबेला उफ्रिने रहेछन् अहिले भने चुपचाप बसेका छन् । उनले प्रहरी प्रशासनले पनि आफुहरुलाई सहयोग नगरेको बताएका छन् ।

२७ गते शव अन्त्यष्टि गरेपछि मात्र उनीहरु घटनास्थलमा पुगेको बताएका छन् । उनीहरुले घटनास्थलको अवस्था शंकास्पद देखिएपछि उनीहरुले अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रहरीले पनि तास खेलेकालाई पक्राउ गर्न आफुहरु नगएको बताएपछि घटना रहस्यमय भएको परिवारका सदस्यले बताएका छन् । जसले अजयलाई घरवाट लिएर गएका थिए उनी पनि सम्पर्कमा नआएका कारण पनि घटना रहस्यम भएको परिवारका सदस्यको भनाई छ ।

Related Articles

Back to top button
Close