vada
International

कोरोनाविरुद्धको खोपको कति पर्ला मूल्य ? उत्पादक कम्पनीले खुलायो रहस्य

एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी मडेर्नाले खोप प्रति डोज २५ देखि ३७ डलरसम्म पर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी स्टेफेन बान्सेलले जर्मन साप्ताहिक अखबार ‘वेल्ट एम सोन्टाग’ सँग कुरा गर्दै खोपको मूल्य अर्डरको परिमाणमा भर पर्ने बताए ।

मडेर्नाले आफ्नो खोप ९४ दशमलब ५ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको छ । ‘हाम्रो खोपको मूल्य फ्लु जत्तिकै पर्छ, जुन १० देखि ५० डलरसम्म पर्छ,’ उनलाई उद्दृत गर्दै समाचारमा भनिएको छ । युरोपेली युनियनका अधिकारीहरुले २५ डलरभन्दा कम मूल्यमा दशौं लाख डोज आपूर्तिका लागि मडेर्नासँग डिल गर्न चाहेको बताएका थिए ।

कार्यकारी बान्सेलले भने, ‘हालसम्म कुनै सम्झौता भएको छैन, तर हामी युरोपेली आयोगसँग सहमतिको नजिक पुगेका छौं, हामी युरोपमा खोप डेलिभर गर्न चाहन्छौं ।’ उनले केही दिनमै सम्झौता हुने पनि बताए । कोरोनाविरुद्धको खोपका लागि इयु र मडेर्नाबीचको वार्ता गत जुलाईदेखि चल्दै आएको थियो ।

Related Articles

Back to top button