vada
Intresting

पानीको वाफ लिनुहोस्: छालामा चमक मात्र आउँदैन् फोक्सोलाई पनि हुन्छ फाइदा

काठमाडौँ । हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी हो यो । सफा पानी उमालेर त्यसैको वाफ लिन कतिपनि गाह्रो छैन । जबकी यसले अनेक लाभ मिल्छ।

रुघाखोकी लागेको छ भने त पानीको वाफले निकै प्रभावकारी काम गर्छ । नाक बन्द भएको अवस्थामा पनि पानीाको वाफ लिन सकिन्छ । त्यसबाहेक सौन्दर्य अर्थात छालालाई चम्किलो र मुलायम बनाउन पनि पानीको वाफ लिने गरिन्छ ।

छालामा चमक

यसले अनुहारको चमक बढाउन पनि काम गर्छ । अनुहारको सौन्दर्यका लागि पानीको वाफ लिने प्रचलन पनि नभएको होइन।

जब तातो पानीको वाफ लिइन्छ, त्यसले छालाको छिद्रहरुलाई खुला गर्छ । रोम छिद्रमा जम्मा भएका मैलालाई बाहिर निकाल्छ।

यसले छालाभित्र विकार रहन पाउँदैन। छालामा रक्तप्रवाह पनि राम्ररी हुन पाउँछ । नतिजा के हुन्छ भने, अनुहार चम्किलो, मुलायम र सफा देखिन्छ ।

निश्चित समयमा यसरी पानीको वाफ लिन सकिन्छ । पानीमा ताजा पुदिना वा गुलाफ पनि मिसाउन सकिन्छ।

बन्द छिद्रहरु खोल्ने

अनुहारमा रहेका बन्द छिद्रहरु खोल्नका लागि सबैभन्दा राम्रो तरिका हो वाफ लिनु । तातो वाफले तपाईंको डेड स्किनलाई निकालिदिन्छ र अनुहारको छिद्रहरुलाई सास फर्ने मद्दत गर्छ । यसबाट छाला भित्रैदेखि सफा हुन्छ, जसको अर बाहिर पनि देखिन्छ ।

रक्तप्रवाह

अनुहारमा वाफ लिँदा छालाभित्र राम्ररी रक्तसञ्चार हुन्छ । वाफ परेपछि छाला एकदमै स्वस्थ हुन्छ । यदि आफ्नो अनुहारको रंग बदल्न हो भने हप्तामा एक पटक वाफ लिनुपर्छ ।

डन्डिफोरको समस्यामा

जब छालाभित्रको तैलिय ग्रन्थि फोहोरले भरिन्छ, त्यतिबेला डण्डीफोर निस्किने सम्भावना पैदा हुन्छ। यस्तोमा स्टिमिङ गरेर उक्त फोहोरलाई बाहिर निकालिन्छ, जसबाट तैलिय ग्रन्थीले सही ढंगबाट काम गर्न सक्छन्।

छालालाई कसरी

छालामा चाउरी पर्न थालेको छ भने त्यसले पाको उमेरको देखाउँछ । तर, नियमितरुपमा वाफ लिने हो भने यसले अनुहारलाई कसिलो बनाउँछ । त्यसैले हप्तामा एक पटक आफ्नो अनुहारमा वाफ अवश्य लिने गरौं।

Related Articles

Back to top button