vada
News

भिरबाट लडेर २ जनाको मृत्यु

काठमाडौ । रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-११ गोहिरी बस्ने ६२ वर्षीया शिला गिरीको सोही ठाउँस्थित स्याली बारीको भिरबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ । छोरीको घर धुर्सेनीतर्फ जाने क्रममा लडेर उनको मृत्यु भएको बताइएको छ ।

पाँचथर, याङवरक गाउँपालिका-३ तेमुना बस्ने ४० वर्षीय ईश्वरी योङ्या घरदेखि करिब १ किलोमिटर टाढा रहेको तारेभिरबाट लडेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता काठमाडौं महानगरपालिका-२९ मैतीदेवी डेरा गरी बस्ने दाङ घर भएका ३० वर्षीय सुमन शर्माको कोठाबाट शुक्रबार साँझ सुनका विभिन्न गरगहना, नगद ७१ हजार ४ सय ७८ रुपैयाँ र ५ सय अमेरिकी डलर समेत गरी करिब ५ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close