vada
News

नेपाली चलचित्रमा चर्चित भएका तर अमेरिका गएपछि उतै स्थापित भएका अभिनेत्रीहरू (भिडियाे रिपाेर्ट)

काठमाडौं । पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छ भने नयाँ पुस्ताको सोझो जवाफ हुन्छ – प्रियंका कार्की, आँचल शर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का लगायत… । तर आफ्नो समयमा यी नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् । किनकी उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् । फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हाल यो चलन कम देखिए पनि एकताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो । करिष्मा मानन्धर, गौरी मल्ल, सरोज खनाल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।

नेपाली सिने जगतको तत्कालीन समयमा ब्ल्याक ब्युटि उपमाबाट परिचित अभिनेत्री हुन् ऋचा घिमिरे । २ दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री ऋचाका छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला लगायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन् । तर दुर्भाग्यवश उनी अहिले नेपाली चलचित्र क्षेत्रबाट मात्र होईन नेपालबाट नै धेरै टाढा छिन् ।

विगत केहि वर्षदेखी उनी आफ्नो सपरिवार अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेकी छिन् । ३ सन्तानकी आमा बनिसकेकी ऋचा अमेरिका गएपछि एकपटक पनि नेपाल फर्किएकी छैनन् ।

आज हामी तपाईंहरू समक्ष तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे । हेरौं भिडियोमा :

Related Articles

Back to top button
Close