vada
Video

जन्मदिनकै ५ दिन अघि भयो मरणदिन । २० लाख उठ्दा पनि बचाउन सकिएन् राजेशलाई (भिडियो)

(भिडियो समाचारको अन्त्यमा राखिएको छ)चीनलाई अमेरिकाको ठाडो चुनौती, ६० वर्षको इतिहासमा पहिलो पटक भयो यस्तो

काठमाडौं। अमेरिकाले चीनलाई ठाडो चुनौती दिँदै विगत ६ दशकमा कहिल्यै नभएको ठूलो कदम उठाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अमेरिकाले तिब्बतको स्वतन्त्रतालाई खुला समर्थन गर्दै केन्द्रीय तिब्बतियन प्रशासन (सीटीए) का अध्यक्ष लोब्साङ सांगेलाई ह्वाइट हाउसमा बोलाएको छ । शनिबार सांगे ह्वाइट हाउस गएका छन् । विगत ६० वर्षमा सीटीएका प्रमुख ह्वाइट हाउस प्रवेश गरेको यो पहिलो पटक हो ।

गत महिना सांगे अमेरिकाको विदेश विभागमा अमेरिकी सहायक विदेशमन्त्री तथा तिब्बती मामिलामा विशेष संयोजक रोबर्ट डेस्ट्रोलाई भेट्नको लागि निम्त्याइएका पहिलो सीटीए अधिकारी बनेका थिए ।

कैयौं दशकदेखि तिब्बती अध्यक्ष अमेरिकाको विदेश विभाग र ह्वाइट हाउसमा प्रवेश गर्न मानिरहेका थिएनन् किनकि अमेरिकाले स्वतन्त्र तिब्बत सरकारलाई मान्यता दिएको थिएन । अहिले भने अमेरिकाले खुला रुपमा स्वतन्त्र तिब्बतको समर्थन गरेको छ ।

Related Articles

Back to top button