News

मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

१४ साउन, विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृ´त्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृ´त्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृ´त्यु भएको हो । कोरोनाका कारण मृ´त्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार काेसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसाेलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृ´त्यु
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४ः४५ मा मृ´त्यु भएको प्रवक्त सापकोटाले बताए ।

वीपीमा यसअघि दुई जनाको मृ´त्यु भएको थियो । मृतक महोत्तरी र सप्तरी जिल्लाका थिए ।

Related Articles

Back to top button
Close