साडी कसरी लगाउने दोधारमा हुनुहुन्छ ? २ मिनेटमै लगाउने सजिलो तरिका
चाडपर्वमा महिलाहरू सारी लगाउन रुचाउँछन्। सारी सही तरिकाले लगाइएन भने सारीमा राम्रोको साटो नराम्रो देखिन सक्छ। सारीमा राम्री देखिन त्यसलाई लगाउने तरिका थाहा हुनुपर्छ।
– कोही–कोही सारीसँग धेरै गरगहना लगाउन मन पराउँछन्। सारीसँग गहना सुहाउँछ भन्ने धेरैलाई लाग्छ। तर, हरेक सारीसँग गहना सुहाउँदैन। सारी नै हेभी डिजाइन र इम्ब्रोइडरी गरिएको छ भने त्यससँग हेभी गरगहना सुहाउँदैन। यस्तो सारीसँग हलुका गहना लगाउनुपर्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
–हिल जुत्तामा सजिलो महसुस नगर्ने वा लगाउन नचाहनेले सारी नलगाएकै बेस। सारीसँग हिल जुत्ता नै राम्रो देखिन्छ। सादा फ्ल्याट जुत्ता सारीमा सुहाउँदैन।
–सारीसँग सबै कुरा म्याचिङ हुनुपर्छ भन्ने सोच बदल्नुपर्छ। कन्ट्रास्ट गरेर लगाएको राम्रो देखिन्छ। सारी र ब्लाउज एउटै रङको छ भने चुरा र टीका फरक रङको लगाउनुपर्छ। यसो गर्दा स्टाइलिस देखिन सकिन्छ।
–सारी कम्मरमा बाँध्नुपर्छ। कम्मरभन्दा धेरै माथि बाँधेको सारी राम्रो देखिँदैन।
–साना नानीबाबु छन् र उनीहरूको सामान बोक्नुपर्छ भने ठूलो ब्यागको साटो पातलो चेन भएको ब्याग वा क्लच बोक्नुपर्छ। ठूलो ब्यागले लुक खराब देखिन सक्छ।
–सारीको रङअनुसार मेकअप गर्नुपर्छ। सारीको रङ गाढा छ भने हलुका मेकअप गर्नुपर्छ। हलुका रङको सारी छ भने गाढा मेकअप गर्नुपर्छ।
– ब्लाउज शरीरको संरचनाअनुसार बनाउनुपर्छ। एकदमै टाइट वा खुकुलो लगाउनु हुँदैन।
साडी कसरी लगाउने हेरौँ २ मिनेटमै साडी लगाउने सजिलो उपाय