vada
Video

टिकटक कलाकार निकिशालाई सडकमै यस्तो गर्ने को हुन् ? प्रहरीले थाल्यो कारवाही (भिडियो हेर्नुस्)

काठमाडौ । टिकटक कलाकार निकिशा श्रेष्ठमाथि काठमाडौको सडकमै भएको दु’ब्र्यव’हारको प्रहरीले अनुसन्धान थालेको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ । त्यस्तो गर्नेलाई आवश्यक छानबिन तथा कारबाही हुने भएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरी प्रधान कार्यालयले बुधबार सा’इ’बर ब्युरोलाई श्रेष्ठमाथि भएको घटनावारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो। श्रेष्ठलाई सडकमै नराम्रो शब्द प्रयोग गरी एक समूहले दु’ब्र्यव’हार गरेको देखिन्छ । कसैले सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गरिदिएपछि प्रहरीको पनि ध्यानाकर्षण भएको हो । अहिले सो भिडियो पनि भाइरल भएको छ ।

घटना राजधानीको कुन ठाउँमा भएको हो भन्ने पनि खुलीसकेको छैन । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओबारे छानबिन गरी दो षीलाई कारबाही गर्न सा’इ’बर ब्युरोलाई पत्राचार गरिएको बताए।

भिडिओमा श्रेष्ठलाई लक्षित गरी नराम्रो शब्द प्रयोग गरीएको छ । श्रेष्ठले पनि ति समुहलाई ल’खे’ट्न खोजेको भिडियोमा देखिन्छ। पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन्। सामाजिक सञ्जाल टिकटकमा उनका विभिन्न भिडिओ चर्चामा छन्।

Related Articles

Back to top button