vada
Intresting

अनुहारमा भूलेर पनि नलगाउनुहोस् यी चीज, सुन्दर बन्ने चक्करमा बनिएला कुरुप

हामीले फेसियल गर्ने त भन्छौँ, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ। तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ ।

फेसियल गर्दा राम्रो जानकारी नहुँदा हामीले झन अनुहारलाई बिगारी रहेको हुन्छौँ । त्यसैले आज हामी तपाईलाई अनुहारमा सिधै प्रयोग गर्न नहुने केही चिजका बारेमा जानकारी दिदैछौँ । यो सामाग्री ब्युटिसियनसँगको कुराकानीका आधारमा तयार पारिएको हो।

अनुहारमा नलगाउनुहोस् यी चीज**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१) कागती

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

२) सिरका

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३) बियर

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।

४) बेकिंग सोडा

यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।

५) पुदिना

यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

६) सुन्तला

सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

Related Articles

Back to top button
Close