vada
News

अरिङ्गालको टो’काईबाट निधन भएको १३ वर्षीया बालिका अतिथि शर्माको अन्त्यष्टि

स्याङ्जा – अरिङ्गालको टो’काईबाट १३ वर्षीया बालिका अतिथि शर्माको अन्त्यष्टि भएको छ । अथिती नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी हुन् । सोमबार अरिगांलको टो’काईबाट उनको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टो’केपछि उपचारका क्रममा निधन भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख बोगटीले बताए । मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टो’केर घाइते बनाएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close