vada
News

मानुङकोट जाँदै गरेको हायस भीरबाट खस्यो

दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ छन् ।

घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए। अरु पाँच घाइते छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए ।- दमौली न्युजबाट ( फाइल तस्बिर )

Related Articles

Back to top button
Close