vada
News

साम्राज्ञीको आज जन्मदिन कति वर्षको लागिन त ?

पछिल्लो समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ ।२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो ।

त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

Related Articles

Back to top button
Close