vada
News

बिरामीलाई नर्सले लगाइदिए भाइटीका, बिरामीले भने- ‘आधा बिमार निको भए जस्तो लाग्यो’

चितवन : बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन। सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शैया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन। चितवन मेडिकल कलेज भरतपुरमा सोम बार फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरू आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले। नर्सहरूले शैयामा सुतिरहेका बिरामीहरूलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरूलाई उनीहरूकै शैयामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिए। उनले भने ‘हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरूले लगाउन पाउनु भएको थिएन। जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं।’ नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ।

पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरू र बिरामी दुवै हर्षित भएको उनले बताए। वरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए। भरत पुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको बताए।

उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको बताए। अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनीहरूको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको जानकारी दिए। सो अवसरमा बिरामीलाई नर्सहरूले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ वितरण गरेका थिए। रासस

Related Articles

Back to top button
Close