vada
Intresting

पिसाब रोकिएकी नानीलाई भर्ना नलिएपछि अस्पताल चाहार्दा-चाहार्दै ज्या’न गयो

काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्या’न गुमाउनु पर्यो । त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्या’न गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् । यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी मानिसको मृ’त्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ । तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् । आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो मेरो चित्कार सुनेर राज्यले अस्पातललाई कारबाही गरोस् । मेरी बहिनीले न्याय पाउन् । किनकी मेरो जिन्दगीको यो अति नै कालो दिन हो । खराब सिस्टमका कारण मेरो बहिनी माया मार्नु पर्यो। मेरो बहिनीको अचानक पिसाबमा समस्या आएको थियो । पिसाब रोकिएको शंका भएपछि हामी भक्तपुरको अस्पताल गयौँ ।

नानीलाई समस्या भएपछि अस्पताल त लग्यौँ तर अस्पतालको सिस्टमले पहिले कोरोना परीक्षणका लागि पीसीआर (PCR) जाँच भनियो । पीसीआर रिपोर्ट ल्याउनुहोस् अनि मात्र उपचार हुन सक्छ भनियो । बिहिनीलाई बिरामले झनै गाह्रो बनाउँदै लगेको थियो । बिरामीको अवस्था झन झन खराव हुदै गईरहेको थियो। पिसाब नआएका कारण तत्काल डायलासिस गरेर उपचार गर्नुपर्ने डाक्टरहरुले भने तर उनीहरु त्यसका लागिपनि रिपोर्ट नै पर्खिए ।

रिपोर्ट आउँदासम्म अवस्था झनै असहज भइसकेको थियो । हामी अस्पताल जाँचका लागि कहिले ललितपुर कहिले भक्तपुर अनि कतिखेर काठमाडौका सबै हस्पिटल गयौ तर कुनै पनि हस्पिटलले भर्ना लिएन। अब यतिबेलासम्म नानीका लागि आईसीयू र भेन्टिलेटर जरुरी हुन थालिसकेको थियो । केही घण्टाको बेवास्ताले नानीको पिसाब शरीरतर्फ फर्किन थालिसकेको थियो ।

त्यसले गर्दा उनको अवस्था झनै जटिल बन्न गयो । तर कुनैपनि अस्पताल आइसीयू र भेन्टिलेटर खाली छ भन्न तयार भएन । नानी अस्पतालको आँगनमा नै छटपटाइरहेकी थिइन् । बहिनीको जसरीपनि डायलासीस गरेर पिसाब बाहिर निकाल्नु थियो । तर अब त्यो समय ढिला भइसक्यो ।

बल्लतल्ल एक अस्पतालले भर्ना लिने भन्यो । किनकी त्यो बेलासम्म कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आइसकेको थियो । अब बल्ल भर्ना त लियो तर केही दिनदेखिको पिसाब सबै शरीरमा नै फर्किएकाले बहिनीलाई गम्भीर प्रकृतीको असर देखिन थालिसक्यो ।

अक्सिजनको मात्रा अत्याधिक कम भयो । प्रेसर अत्यन्तै लो भयो । अब फेरी यस्तो अवस्थामा डायलासिस गर्न सकिन्न भनियो । तरपनि आशा भने अझै थियो । त्यसो भनेर नै अस्पतालले बहीनीलाई दुई दिनसम्म भेन्टिलेटरमा राख्यो । अन्तत: अस्पतालले बहिनीको मृ’त शरीर बुझायो । बहिनी हामीले सकेको तिम्रो लागि सबै गर्यौँ । तर यो राज्यको सिस्टमले तिमीलाई बाँच्न दिएन । माफी चाहान्छु बहिनी यो अभागी दाजुको यो बर्ष मात्र हैन जन्मौजन्म तिहार अध्यारो भयो । निधार रित्तियो

बहिनीको जन्म मिति २०६० / ०८ / ०४
स्व. मिति २०७७ / ०६ / ३०

के गर्छौ नानु यस्तो भ्रष्ट देशमा तिम्रो जन्म भएछ जसको कारण तिमीले सही समयमा उचित उपचार पाउनबाट बञ्न्चित भयौ। जहॉ भए पनि तिम्रो आत्माले शान्ति पाओस्।???

Related Articles

Back to top button